टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प

सारांश

  • काठमाडाैँ, २९ असार ।
  • जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल(टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन्।
  • त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन(एनआरडीए)ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो।

काठमाडाैँ, २९ असार । जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल(टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन(एनआरडीए)ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा केसी १४ दिनदेखि जुम्लामा आमरण अनशन बसेका छन्। दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन। सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो।

https://shikharkhabar.com/2018/07/13/79297/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?