ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
१०
|
२१ पटक हेरिएको
Shares
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड

सारांश

  • काठमाडौं, २० जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।
  • शनिबार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका नेवाडेस्थित जन्मस्थान पुगेका प्रचण्डले भने, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो ।

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।

शनिबार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका नेवाडेस्थित जन्मस्थान पुगेका प्रचण्डले भने, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो ।’

उनले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए ।

प्रचण्डले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौं भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’ साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उनको भनाई थियो ।

उनले भने ‘यो एकता विगतको जस्तो पार्टी एकता होइन । यो नेपाली जनताको समृद्धि, आत्मस्वाभिमान र देशको समृद्धिको निम्ति गुणात्मक रुपले फरक छ ।’ पार्टी एकताले नेपालीको इज्जत र प्रतिष्ठा बढेको अध्यक्ष प्रचण्डले बताए ।

उनले पार्टी एकता पछि उपत्यका बाहिरको आफ्नो पहिलो कार्यक्रम कास्की र त्यसमा पनि आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका भएको भन्दै यसमा आफूलाई खुसी र गर्व लागेको बताए ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Gopal Bahadur

    के गरोअईलनेपालले रोजगार छैन जनंतामाथीखेलवाणगरेकोछ

    Comment Author

    Mohon Bishokarma

    भ्रस्टहरु साथ मा पाल्ने हो भने देश कैले पनि बिकास हुदैन नेता ज्यु

    Comment Author

    Raju Labad

    Very very good sir

    Comment Author

    Ananda Subedi

    धेरै सुनियो ऊहाँको

    Comment Author

    Anuvab Gc

    जन्तलाइ चुस्ने काम भैइ राख्व्को छ

    Comment Author

    Bishnu Shrestha

    धानको चिन्ह पराल ।

    Comment Author

    Sunil Subba

    साल खाते

    Comment Author

    Dhananjay Khadka

    हजुर जनताको रस नचुस्नुहोस नेता ज्यू

    Comment Author

    Tanka Giri

    हामि नेपाली जनताको चाहाना पनि देश समृधा भएको हेर्ने हो कुरा मात्र गरेर काम नगर्ने लाई फेरि अर्को चुनाबमा नेपाली जनताले पाताफर्काएर सेकाउलान अब छिटो बिकास गरेर देखाउने काम गर्नु पर्यो

    Comment Author

    Krishna Chapagain

    The real strategy of life protection

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?