ट्वीटबारे ओली–प्रचण्डबीच सवालजवाफ, यस्तो छ ओलीको जवाफ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ट्वीटबारे ओली–प्रचण्डबीच सवालजवाफ, यस्तो छ ओलीको जवाफ !

सारांश

  • काठमाडौं, २५ बैशाख ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो ट्वीटरमा पोष्ट गरेको सामाग्रीबारे मंगलवार जिज्ञासा राखेका छन् ।
  • नेकपा माओवादी केन्द्रको संसदीय दलको (आज )मंगलवार को बैठकमा सांसदहरु ओलीको ट्विटबारे आपत्ति जनाउँदै दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डसामू कडा रुपमा प्रस्तुत भएका थिए ।

काठमाडौं, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो ट्वीटरमा पोष्ट गरेको सामाग्रीबारे मंगलवार जिज्ञासा राखेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको (आज )मंगलवार को बैठकमा सांसदहरु ओलीको ट्विटबारे आपत्ति जनाउँदै दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डसामू कडा रुपमा प्रस्तुत भएका थिए । लगत्तै प्रचण्डले ओलीलाई यसबारेमा सोधेका थिए ।

स्रोतका अनुसार ओलीले हिजो पोष्ट गरेको टिवट् प्रचण्ड वा नेकपा माओवादी केन्द्रसँग सम्बन्धित नरहेको स्पष्ट पारेका थिए । ओलीले हिजो आफ्नो आधिकारिक टिव्टरमा भनेका थिए,‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं। दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामाथि थियो र छ।’

ओलीले दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकाहरु भन्दै प्रचण्डलाई नै भनेको ठम्याउँदै माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका थिए । प्रचण्डले पनि यही आशयमा ट्विटरमा किन लेखियो भन्दै आलीसमक्ष कडा प्रश्न राखेका थिए । जवाफमा ओलीले आफूले प्रचण्डलाई केन्द्रित गरेर टिव्टमा नलेखेको दाबीमात्रै गरेनन्, बरु उल्टै अहिले आफूहरुको एकता भत्काउन केही शक्तिहरु लागिपरिरहेकोले त्यस्तो लेखेको बताएका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Hem Raj Shrestha

    khel india ko

    Comment Author

    Dhurba Bhandari

    Vany paxi oli parchanada agadi lapasar …

    Comment Author

    Krishna Nepal

    नौटंकी हरुको नाटक

    Comment Author

    Dhan Bisht

    vane pachi emale le ghumauro para le ekta badne vayo.kathaibara maowadhi vanaudaharu na ghar na ghat ka

    Comment Author

    Gurung Man

    यो थुतुनो र मुतोने ले नै संबन्ध बिगार्छ भन्थे बुढापाकागरुले ।यी दुई शब्दहरु मध्ये अघिल्लो शब्द ले कतै बिगार्छ कि भन्ने लाहरछ आफूलाई नि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?