ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

सारांश

  • काठमाडौं, पुस २९ ।
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ ।
  • शनिवार साँझ बोर्ड बैठकले परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको जनाएको छ ।

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । शनिवार साँझ बोर्ड बैठकले परीक्षाको नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको जनाएको छ ।

९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।

एसइर्इको नतिजामा अधिकतम चार जीपीएलाई आधार मानेर प्राप्ताङ दिइएको थियो भने ११ मा पनि सोही प्रणाली अबलम्बन गरिएको छ। यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ दिइन्छ भने यसलाइ जिपिएमा चार मानिन्छ। यस भन्दा प्रत्येक तल्लो ग्रेडमा जिपिए चारबाट जिरो दशमलव चार प्वाइन्टका दरले घटाउँदै अंक दिइने व्यवस्था छ।

विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने बोर्डले व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नुपर्ने हुन्छ ।

परीक्षाको नतिजा  http://neb.ntc.net.np मा हेर्न सकिने बेार्डले जनाएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bina Regmi

    11 ko result herni ksre.

    Comment Author

    Bina Regmi

    11 ko result herni ksre.

    Comment Author

    Bishnu Paudyal Kaphle

    Kun sub ko ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?