१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
३० पटक हेरिएको
Shares
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु

सारांश

  • नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ ।
  • मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।
  • कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले ।

नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

तेक्वान्दोमा भेट्रान खेलाडी आयशा शाक्यले २९ वर्षमाथिको महिला एकल पुम्सेमा स्वर्ण जितेको दुई घन्टापछि मिक्स पुम्सेमा स्वर्ण जितिन् । तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।

कराँतेको ५० केजी कुमुतेमा अनु अधिकारीको प्रदर्शन सानदार रह्यो । उनले सेमिफाइनल र फाइनल दुवैमा नकआउट गरेर खेल जितिन् ।
कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद वाजलाई ६५ को अंकले पराजित गरेका हुन् ।

ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्नेहरु
तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा

कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
ट्रायथलन
सोनिका गुरुङ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द
प्रधानमन्त्रीको दोहा भ्रमण रद्द
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि
नेपालले बाराम्बार पहल गरेपछि नेपाल भारत सीमा वार्ता उडानपछि
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
आकास एयरद्वारा बोइङका १५० विमान माग
आकास एयरद्वारा बोइङका १५० विमान माग
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै  छौ ??
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै छौ ??

तपाईंले छुटाउनुभयो कि?