ठूलो परिमाणमा हातहतियार बरामद

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
ठूलो परिमाणमा हातहतियार बरामद

सारांश

  • अफगानिस्तान ।
  • अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ ।
  • यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन् ।

अफगानिस्तान । अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ ।

यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन् ।

गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच थान एके –४७, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको छ । हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ ।

वर्षौँको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?