सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २६, २०७७
|
|
२० पटक हेरिएको
Shares
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

सारांश

  • गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।
  • प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
  • एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन् ।

गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन् ।

आजको बैठकमा चारै दलका प्रमुख नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसच सञ्चालन गर्ने सभामुखको तयारी रहेको छ । आजको कार्यसूचीमा केही अध्यादेश सहित दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली समावेश छ ।

यो गत आइतबारकै कार्यसूची हो । यसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश टेबल भइसकेकाले विवादको अवस्था रहेको छैन । गत आइतबार परामर्श नगरी कार्यसूची ल्याइएको भन्दै साबिकको नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक बहिष्कार गरेका थिए । त्यस्तै कांग्रेस र जनता समाजवादी पार्टीले रोष्ट्रम घेराउ गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?