ठेकेदारले रोक्यो मेलम्चीको काम

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
ठेकेदारले रोक्यो मेलम्चीको काम

सारांश

  • काठमाडौं : सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ।
  • मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।
  • मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए।

काठमाडौं : सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए। उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ। काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ। सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ। चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो। सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ। अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए। उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ। भुक्तानीको चिन्ता छैन। काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ।’ आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन। अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Hait Sucharu gar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल कतारमा
राष्ट्रपति पौडेल कतारमा
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
माओवादीले गरेको कारवाहीविरुद्ध देवकोटाले दिए सर्बोच्चमा रिट
माओवादीले गरेको कारवाहीविरुद्ध देवकोटाले दिए सर्बोच्चमा रिट
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन
हतियारसहित भेटिए ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
प्रधानमन्त्री ओलीले कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को प्रस्ताव अस्वीकार गरेको खुलासा
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?