स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • वायुसेवा निगमले स्वदेशी उडानको हवाई भाडा घटाएको छ ।
  • हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो ।

काठमाडौं । वायुसेवा निगमले स्वदेशी उडानको हवाई भाडा घटाएको छ । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो ।
हवाइ इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँले घट्दा हवाइ भाडा घटाउने र ४ रुपैयाँले बढ्दा हवाइ भाडा बढाउने सहमति रहँदै आएको छ । नयाँ भाडादर अनुसार अव काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७२ सय रुपैयाँ थियो ।

सबैभन्दा कम दुरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ मात्र घटेको छ । सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडा अनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ ।

भरतपुरको पुरानो भाडा ३५ सय थियो । तुम्लिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको छ ।

त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ । भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगंजको ९ हजार ५ सय थियो।

पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपर्दथ्यो भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ। यसअघि ४ हजार रुपैयाँ लिदैँ आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ