डडेलधुरा, कञ्चनपुर, डोटी को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
डडेलधुरा, कञ्चनपुर, डोटी को ताजा पारीणाम

सारांश

  • डडेलधुरा : कांग्रेस र एमाले ३/३ तथा माओवादी केन्द्र १ तहमा अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थानीय तहमा नेपाली कांग्रेस ३, नेकपा एमाले ३ र माओवादी केन्द्रले १ स्थानमा अगाडि देखिएको छ ।
  • जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र आलिताल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
  • यस्तै सदरमुकाम अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
डडेलधुरा : कांग्रेस र एमाले ३/३ तथा माओवादी केन्द्र १ तहमा अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थानीय तहमा नेपाली कांग्रेस ३, नेकपा एमाले ३ र माओवादी केन्द्रले १ स्थानमा अगाडि देखिएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र आलिताल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सदरमुकाम अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा एमालेले अग्रता लिएको छ । परशुराम नगरपालिकामा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अमरगढी नगरपालिकामा ८ वटा वडाको मतगणना भइसक्दा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट मेयरका उम्मेदवार विपिन ओझाले २ हजार ५ सय ३४ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उमेदवार डिल्ली राज जोशीले २ हजार ५ सय ४ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा एमालेका संगीता भण्डारीले २ हजार ३ सय ५५ मत ल्याउनु भएको छ भने कांग्रेसका पार्वती झुकालले २ हजार २ सय १५ मत ल्याउनु भएको छ ।
यसैगरी अहिलेसम्म २३ वडाको मत सार्वजनिक भएको छ । जस अनुसार सबै भन्दा बढी नेकपा एमाले ९ वडा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वडा र माओवादी केन्द्र ४ वडामा विजयी भएको छ ।

अमरगढी नगरपालिकाको वडा नं. ११ मा एमालेको प्यानल सहित विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का ३६३ मत ल्याएर विजय भएका हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मसिंह धानुकले २६० मत ल्याउनुभयो ।  यस्तै अमरगढीको वडा नं. ४, ९ र १० मा एमाले विजयी भएको छ । आलिताल गाउँपालिकाको वडा नम्बर १ र ५, भागेश्वर गाउँपालिकाको १ र २ तथा नवदुर्गा गाउँपालिकाको १ वडामा एमाले विजयी भएको हो ।

यस्तै नेपाली कांग्रेसले अमरगढी नगरपालिकाको १, २, ३ र ८ मा विजयी हासिल गरेको छ ।  नेपाली कांग्रेसले अजयमेरु १, नवदुर्गा ५, गन्यापधुरा १ र २ तथा परशुराम २ मा विजयी हासिल गरेको छ ।

यस्तै डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । माओवादी केन्द्रले भागेश्वर ५, परशुराम १ र आलिताल ८ मा माओवादी केन्द्र विजयी भएको छ

कञ्चनपुरको पछिल्लो मत परिणाम

कञ्चनपुरको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर १ मा अर्जुन भट्ट प्यानलसहित विजयी हुनु भएको हो भने वडा नम्बर २ मा पनि कांग्रेसकै कमलापति भट्ट पनि प्यानलसहित विजयी हुनु भएको हो ।

वडा नम्बर १० मा भने नेकपा एमालेका नरबहादुर विजयी हुनु भएको छ । यस्तै पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा पनि नेकपा एमाले प्यानलसहित विजयी भएको छ । एमालेका फैरु तामाङ प्यानलसहित विजयी हुनु भएको हो ।

यस्तै लालझाडी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका छेमानन्द राना विजयी हुनु भएको छ । अध्यक्षमा कांग्रेस विजयी भएपनि सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

शुक्लाफाँटा नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः  ३१८
  • नेकपा एमालेः ४३३
  • माओवादी केन्द्रः ३७५

उपमेयरमा

  • नेपाली कांग्रेसः २८५
  • नेकपा एमालेः ३८६
  • माओवादी केन्द्रः ३४०

बेदकोट नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः १०८१
  • नेकपा एमालेः १२८३
  • माओवादी केन्द : ५९९

उपमेयर

  • नेपाली कांग्रेसः ९७७
  • नेकपा एमालेः १३५९
  • माओवादी केन्द्रः ६१८

भीमदत्त नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः ७७७
  • नेकपा एमालेः ६११
  • माओवादी केन्द्रः २७५

उपमेयर

  • नेपाली कांग्रेसः ७८४
  • नेकपा एमालेः ६२२
  • माओवादी केन्द्रः २७१

पुनर्वास नगरपालिका

मेयर

  • नेपाली कांग्रेसः ९०७
  • नेकपा एमालेः १४७२
  • माओवादी केन्द्रः १२५७

उपमेयर

  • नेपाली कांग्रेसः ९९७
  • नेकपा एमालेः ५६३
  • माओवादी केन्द्रः ११५३
डोटीः शिखर नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

डोटीको शिखर नगरपालिका– १ नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका खडकबहादुर शाही ६३३ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याउनुभयो ।

यस्तै शिखर नगरपालिकाको मेयरमा कांग्रेसका सिताराम जोशीले ६१९ मत ल्याउनु भएको छ भने उपमेयरमा काग्रेसकी धौलीदेवी रावलले ६३६ मत ल्याउनु भएको छ । यस्तै मेयरमा एमालेबाट शेरबहादुर मल्लले ४५१ र उपमेयरमा राधिका बोहराले ४०६ मत ल्याउनु भएको छ ।

डोटीका ६ स्थानीय तहमा नेपाली कांग्रेस, २ वटामा एमाले र १ वटामा माओवादी केन्द्र अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?