बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?

सारांश

  • नेपालले भुटानी शरणार्थीका विषयमा भुटानसँग वार्ता गर्ने तयारी थालेको बताए पनि त्यस दिशामा हालसम्म कुनै प्रगति देखिएको छैन।
  • अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली देशहरूमा पुनर्स्थापना गरेपछि बाँकी भएका झन्डै साढे छ हजार शरणार्थीहरू पूर्वी नेपालका बेल्डाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।
  • तिनलाई स्वदेश फिर्ता गर्ने विषयमा भुटानसँग वार्ता गर्न गृह मन्त्रालयले गत कार्तिक महिनाको अन्त्यतिर मन्त्रिपरिषद्‌मा प्रस्ताव प्रस्तुत गरेको थियो।

नेपालले भुटानी शरणार्थीका विषयमा भुटानसँग वार्ता गर्ने तयारी थालेको बताए पनि त्यस दिशामा हालसम्म कुनै प्रगति देखिएको छैन।

अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली देशहरूमा पुनर्स्थापना गरेपछि बाँकी भएका झन्डै साढे छ हजार शरणार्थीहरू पूर्वी नेपालका बेल्डाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।

तिनलाई स्वदेश फिर्ता गर्ने विषयमा भुटानसँग वार्ता गर्न गृह मन्त्रालयले गत कार्तिक महिनाको अन्त्यतिर मन्त्रिपरिषद्‌मा प्रस्ताव प्रस्तुत गरेको थियो।

शिविरमा बाँकी रहेका भुटानी शरणार्थीले स्थानीय समाजमा समायोजन हुने पाउनुपर्ने मागसहित तीनवटा विकल्प खोजेका छन्।

नेपालले शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर नगरेकाले उनीहरूको समायोजनको सम्भावना अत्यन्त न्यून देखिएको छ।

वार्ता हुने छाँटकाँट नदेख्दा शरणार्थीहरूको स्वदेश फिर्ता हुने सम्भावना र समग्र भविष्यबारे अन्योल कायम रहेको छ।

भुटानमा नयाँ सरकार गठन भएसँगै नेपाल सरकारले भुटानसँग वार्ताको पहलका लागि नयाँ प्रस्ताव लगेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भुटानसँग विगतमा भएका १५ वटा वार्ता विनानिष्कर्ष टुङ्गिएका थिए। त्यसपछि भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको थियो।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार भुटानमा नयाँ सरकार आएपछि भुटानी शरणार्थीका विषयमा के समाधान निकाल्न नेपाल र भुटानले के गर्न सक्छन् भनेर छलफल गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?