शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
सारांश
- काठमाडाैं।
- ।
- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाई जोडेकोमा आपत्ति जनाएका छन्।
काठमाडाैं।। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाई जोडेकोमा आपत्ति जनाएका छन्।
बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन्।
झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले आपत्ति जनाउँदै भने, ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’
माओवादीका तत्कालीन कार्यालय सचिव बिकेश श्रेष्ठले तत्कालिन राजदरबारको सम्पति हडपेको समाचार सार्बजनिक भए पछि अध्यक्ष प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन्। भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’
Binance代码
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
binance “oppna konto
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.