डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह

सारांश

  • चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी माहामारीको रुप लिएको छ ।
  • यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध ठोस कदम चाल्न सम्पूर्ण देशहरुलाई आग्रह गरेका छन् ।
  • डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयसले चीन बाहिर दुई सातामै कोरोना संक्रमितको संख्या १३ गुणाले बढेको जानकारी दिएका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी माहामारीको रुप लिएको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध ठोस कदम चाल्न सम्पूर्ण देशहरुलाई आग्रह गरेका छन् ।

डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयसले चीन बाहिर दुई सातामै कोरोना संक्रमितको संख्या १३ गुणाले बढेको जानकारी दिएका छन् । डब्लुएचओका प्रमुखले विश्वव्यापी रुपमा फैलिएको कोरोनाविरुद्ध ठोस कदम हाल्न आग्रह गरेका छन् । उनले भने, “उक्त भाइरसलाई नियन्त्रण र दमन गर्न सकिन्छ भन्ने कुरा कैयौं देशहरुले देखाइसकेका छन् ।”

चीनमा मात्रै उक्त भाइरसको संक्रमणबाट तीन हजार ३१३६ जनाको मृत्यु भइसकेको र ८० हजार ७५४ मा संक्रमण देखिएको छ । चीनमा कोरोना संक्रमणको संख्यामा व्यापक सुधार समेत आएको जनाइएको छ । चीनमा नियन्त्रण उन्मुख देखिएको कोरोना भाइरसको संक्रमण यूरोप हुँदै अमेरिका पुगेको छ । अमेरिकामा ३८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकहरुको हवाई उडानमै प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका सय भन्दा बढी मुलुकमा देखिएको छ । कोरोनाको संक्रमण इरान, इटाली र दक्षिण कोरियामा धेरै प्रभाव देखा परेको छ । भारतमा समेत कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । कोरोनाको संक्रमण भारतको ११ राज्य मा फैलिएको समेत जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र
आज एकैदिन ६४१ कोरोना संक्रमित थपिए
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या

तपाईंले छुटाउनुभयो कि?