वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
सारांश
- नेपालगञ्ज, १६ वैशाख ।
- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् ।
- क्रान्तिकारी पत्रकार महासंघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मोहन वैद्य किरणले भने, “मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ ।
नेपालगञ्ज, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मोहन वैद्य किरणले भने, “मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ । संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।”
सच्चा कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिष्ट भन्नेहरुले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया