आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
भारतीय पर्यटकको भीरबाट लडेर निधन
भारतीय पर्यटकको भीरबाट लडेर निधन
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
सुतिरहेको अवस्थामा महिला बलात्कृत
सुतिरहेको अवस्थामा महिला बलात्कृत
विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा
विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला
नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला