खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र
सारांश
- काठमाडौं, १६ साउन ।
- कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वार्ड नं २ मा बालिका बलात्कार तथा हत्या घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा नेपाल सरकारलाई ज्ञापनपत्र पेश गरिएको छ ।
- खानेपानी मन्त्री तथा कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य मगरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री राम बहादुर थापालाई भेट गर्दै पीडितलाई मुआब्जा र हत्यारालाई कार्वाहीको माग गरेका हुन् ।
काठमाडौं, १६ साउन । कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वार्ड नं २ मा बालिका बलात्कार तथा हत्या घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा नेपाल सरकारलाई ज्ञापनपत्र पेश गरिएको छ । खानेपानी मन्त्री तथा कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य मगरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री राम बहादुर थापालाई भेट गर्दै पीडितलाई मुआब्जा र हत्यारालाई कार्वाहीको माग गरेका हुन् ।
हत्यामा संलग्न अपराधी पक्राउ नपरेको कारण पीडितले न्याय नपाउने र अनावश्यकरुपमा घटनाको राजनीतिकरण हुने अवस्था सिर्जना भएको भन्दै ज्ञापनपत्रमा प्रहरी अनुसन्धानलाई तीब्रता दिन माग गरिएको छ । गृहमन्त्रीसँगकाे भेटका अवसरमा टोली प्रतिनिधिहरुले कञ्चनपुर र प्रदेश नम्बर ७ मा अपराधिक घटनाहरु श्रृंखलाबद्धरुपमा बढ्दै गएको उल्लेख गर्दै पीडित परिवारको संवेदनालाई राजनीतिकरण गर्ने तत्वहरु सक्रिय भएको बताएका थिए । घटनामा प्रहरीले समयमा नै चासो दिएपनि अनुसन्धानले गति भने लिन नसकेको बताउँदै तत्काल शान्ति सुरक्षाको अवस्था मजबूत गर्न समेत माग गरेका थिए ।
प्रतिक्रिया