विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई

सारांश

  • भोजपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएपछि भोजपुरमा विजयी उम्मेदवारहरु घरदैलो र सभामा व्यस्त छन् ।
  • प्रतिनिधिसभा सदस्यमा विजयी माओवादी केन्द्रका सुदन किँराती, प्रदेशसभा क मा विजयी नेकपा एमालेका राजेन्दकुमार राई र प्रदेशसभा ख बाट विजयी शेरधन राई घरदैलो गर्दै जनतासामु पुगेका छन् ।
  • भोजपुरमा वाम गठबन्धनले बाजी मारेपछि उम्मेदवारहरु उही एजेण्डा र प्रतिबद्धता दोहो¥याउँदै जनतालाई धन्यवाद दिन गाउँगाउँ, घरघर, टोलटोलका सभामा भ्याईनभ्याई देखिएका छन् ।

भोजपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएपछि भोजपुरमा विजयी उम्मेदवारहरु घरदैलो र सभामा व्यस्त छन् । प्रतिनिधिसभा सदस्यमा विजयी माओवादी केन्द्रका सुदन किँराती, प्रदेशसभा क मा विजयी नेकपा एमालेका राजेन्दकुमार राई र प्रदेशसभा ख बाट विजयी शेरधन राई घरदैलो गर्दै जनतासामु पुगेका छन् ।

भोजपुरमा वाम गठबन्धनले बाजी मारेपछि उम्मेदवारहरु उही एजेण्डा र प्रतिबद्धता दोहो¥याउँदै जनतालाई धन्यवाद दिन गाउँगाउँ, घरघर, टोलटोलका सभामा भ्याईनभ्याई देखिएका छन् ।
जनताको अमूल्य भोट बेचेर नखाने प्रतिनिधीसभा सदस्य सुदन किँरातीले बताए । ‘जनताको अमूल्य भोट हामी बेचेर खाने छैनौ । जनता नै हाम्रा भगवान हुन् । उहाँहरुको अनुहारमा हाँसो ल्याउनेछौ ।’ उनले भने । चुनाव अघिको एजेण्डालाई दोहो¥याउँदै उनले भोजपुर र संखुवासभाको सीमानामा पर्ने अरुण तेस्रोबाट संखुवासभा जिल्लाले मात्र लाभ लिने कुराका विरोध गर्दै भोजपुरलाई समेत लाभ दिलाउन भुमिका खेल्ने बताए ।

त्यस्तै प्रदेशसभा ख बाट विजयी मुख्यमन्त्रीको चर्चामा रहेका शेरधन राईले पनि जनताको अमूल्य भोटलाई त्यसै खेर जान नदिई विकास र समृद्धिको ढोका खोल्ने कार्यमा आफु र आफ्ना विजयी वाम उम्मेदवारहरु विश्वस्त रहेको ईच्छा जाहेर गरे । राईले सुनसरी, उदयपुरसँग सीमा जोडिएको भोजपुरको दक्षिणी क्षेत्रलाई भोजपुर सदरमुकाम हुँदै चिनको किमाथाङ्कासम्म जोड्ने विकासको एजेण्डा पनि दोहो¥याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?