चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४६ पटक हेरिएको
Shares
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित

सारांश

  • काठमाडौँ ।
  • पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २ सय ४२ जनाको ज्यान गएको छ ।
  • हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५० पुगेको र ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

काठमाडौँ । पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २ सय ४२ जनाको ज्यान गएको छ ।

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५० पुगेको र ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि चीनमा फेब्रुवरी ३ मा ६४, फेब्रुवरी ४ मा ६६, फेब्रुवरी ५ र ६ मा ७३, ७३, फेब्रुवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेब्रुवरी ९ मा ९७ र १० मा १०८, ११ मा ९७ र १२ मा २ सय ४२ जनाको ज्यान गएको छ।

यसैगरी चीनसँग सीमा जोडिएको नेपालको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी फेला परेका थिए ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको भएपनि त्यो मौसमी भाइरल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार २०१ जनाले उपचारका लागि नाम दर्ता गराएको भएपनि उनीहरु उपचार पछि घर फर्किन थालेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?