टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर

सारांश

  • न्युयोर्क, पुस ११ ।
  • गायक जस्टिन बिबरले आफ्नो टूरको मिति घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा ट्रेन्डिङ भएका छन्।
  • हालै उनले सार्व्िजक गरेको नयाँ म्युजिक भिडियोको ट्रिजरमा नयाँ एल्बम र सन् २०२० मा हुने डकु–सिरिज्स समावेश भएका छन्।

न्युयोर्क, पुस ११ । गायक जस्टिन बिबरले आफ्नो टूरको मिति घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा ट्रेन्डिङ भएका छन्। हालै उनले सार्व्िजक गरेको नयाँ म्युजिक भिडियोको ट्रिजरमा नयाँ एल्बम र सन् २०२० मा हुने डकु–सिरिज्स समावेश भएका छन्। अर्को साता उनले नयाँ गीत ‘यम्मी’ सार्वजनिक गर्दैछन्।

आगामी वर्ष उनले आफ्नो सांगीतिक टूरको घोषणा गरेका छन्। सन् २०१५ को ‘पर्पस’ पछि उनले आगामी वर्ष नयाँ सोलो एल्बम सार्वजनिक गर्दैछन्। सन् २०१७ देखि उनले सांगीतिक टूर गरेका छैनन्।

यसअघि सन् २०१६ मा ‘पर्पस वल्र्ड टूर’, सन् २०१२ मा ‘बिलिभ्स टूर’, सन् २०१० मा ‘माइ वल्र्ड टूर’ र २००९ मा ‘अर्बान टूर’ गरेका थिए। उनी विभिन्न गतिविधि र अफेयरका कारण चर्चामा रहेका थिए। उनका ‘बेबी, बेबी’, ‘आम द वान’, ‘लभ योरसेल्फ’, ‘सरी’ र ‘ह्वाट डु यु मिन’ जस्ता गीत चर्चामा छन्। उनका अधिकांश गीतहरु टप चार्टको सूचीमा पर्ने गरेका छन्। नयाँ एल्बमबारे उनले भनेका छन्, ‘ मैले सबैभन्दा धेरै मन पराएको संगीत बाहिर आउँदैछ। यसअघिका एल्बमहरूभन्दा यो फरक छ। कारण, यसले मेरो हालको अवस्थालाई समावेश गरेको छ।’

२५ वर्षीय उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका छन्। सन् २०१६ मा आयोजित उनको ‘पर्पस’ नामक सांगीतिक वल्र्ड टुरको दौरान उनी ४० देशमा एक सय ५० बढी प्रस्तुति दिएका थिए। यसमध्ये १४ वटा सो रद्द भएको थियो। गत वर्ष उनले डिप्रेसनको उपचार गराएका थिए। उनले एक अन्तर्वार्तामा मानसिक स्वास्थ्यको विषयमा खुलेर कुराकानी गरेका थिए। उनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा पनि कुरा गरेका थिए।

सामाजिक सञ्जाल ट्वीटरमा नयाँ टूर र म्युजिक भिडियोबारे ट्वीट गरेलगत्तै ‘बिबर २०२०’ र ‘जस्टिन बिबर टूर’ जस्ता ह्यासट्याग टे«न्डिङमा परेका थिए। उनले सार्वजनिक गरेको ट्रिजरमा भनेका छन्, ‘हामी मानवहरू अपूर्ण छौं। मेरो विगत, गल्तीहरूर सबै चीजहरू मैले पार गरें। म विश्वास छ कि म ठिक छु। हामी सबैको विभिन्न कथाहरू छन्। म मेरो कथा सुनाउन उत्साहित छु।’

संगीतिक करियरको दौरान उनले डिजे खालिद, डिजे स्नेक, डेभिड गुएटा र सेलेना गोमेज, लगायतसँग सहकार्य गरिसकेका छन्। पप र आर एन्ड बी विधामा स्थापित उनका ‘माई वल्र्ड’, ‘अन्डर द मिसल्टो’, ‘बिलिभ’ र ‘पर्पस’ एल्बम सार्वजनिक भइसकेका छन्।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?