तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
सारांश
- काठमाडाैं।
- तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
- पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।
काठमाडाैं। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।
७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका छन्। यो अहिलेसम्म गणना भएको मतको ५६.०१ प्रतिशत हो। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ११९८ मत ल्याएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया