लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव

सारांश

  • काठमाडौं ।
  • संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले लगानी सुनिश्चित भएपछि मात्रै निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपरको रुख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ।
  •   बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा पेश गरिएको उपसमितिको प्रतिवेदनमा लगानी सुनिश्चित भएपछि मात्रै सो विमानस्थल वरपरको रुख कटानको काम सुरु गर्नुपर्ने उल्लेख गरिएको हो ।
काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले लगानी सुनिश्चित भएपछि मात्रै निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपरको रुख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ। 
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा पेश गरिएको उपसमितिको प्रतिवेदनमा लगानी सुनिश्चित भएपछि मात्रै सो विमानस्थल वरपरको रुख कटानको काम सुरु गर्नुपर्ने उल्लेख गरिएको हो । सो विमानस्थल निर्माणका लागि लाखौंको संख्यामा रुख कटान गर्ने योजना अघि सारेको भन्दै स्थानीयले विरोध गरिरहेका बेला माधव नेपाल नेतृत्वको उपसमितिले लगानी सुनिश्चित नभई रुख कटानको काम अघि नबढाउन सरकारलाई सुझाव दिएको हो । 
प्रतिवेदनमा सरकारी–निजी क्षेत्रसँग सहकार्य गरेर वैदेशिक लगानी भित्रयाउने गरी सो विमानस्थल निर्माणका लागि लगानीको मोडल तयार पार्न पनि सुझाइएको छ । लगानीको मोडल तयार भएपछि रुख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा पेश गरिएको उपसमितिका संयोजक नेपालले जानकारी दिए। 
उपसमितिले सो विमानस्थलको धावनमार्ग निर्माणका लागि टांगिया बस्ती रहेको क्षेत्रनै उपयुक्त हुने निष्कर्ष पनि निकालेको छ । राजमार्गसँग समेत जोडिएकाले टांगिया बस्ती रहेको क्षेत्रमा नै धावन मार्ग बनाउन उपयुक्त हुने निष्कर्ष पनि निकालिएको उपसमितिका संयोजक नेपालले बताए। 
उपसमितिले सो विमानस्थलबाट विस्थापित हुनेहरुलाई नजिकै बसोबासको उचित व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ । हरेक घरपरिवारका एक जना सदस्यलाई सरकारी नोकरीको व्यवस्था गर्ने गरी विस्थापितहरुलाई नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था गर्न उपयुक्त हुने उपसमितिको राय छ । संयोजक नेपालले सो विमानस्थल नजिकै स्मार्ट सिटी बनाउने सरकारको अवधारणा भने अस्विकार गरिएको बताउनु भयो । 
सिमरा, वीरगंजलगायतका सहर नजिकै भएकाले तत्काल स्मार्ट सिटीको आवश्यक्ता नरहेको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
उपसमितिले तयार पारेको प्रतिवेदनमा विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो विमानस्थल निर्माणको काम अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ। गत जेष्ठ ९ गते बसेको मन्त्रीपरिषद बैठकले सो विमानस्थल निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले सो विमानस्थल वरपरको रुख कटान गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएपनि स्थानीयले विरोध गरेपछि सो काम अवरुद्ध हुन पुगेको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
साढे ३३ किलो सुन प्रकरण: यि एआईजी साबकाे पनि नाम लिए अभियुक्तले !
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित  !
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित !
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l

तपाईंले छुटाउनुभयो कि?