कुबेत इन्टरपोलले लामालाई पक्राउ गर्यो
सारांश
- काठमाडौं, ११ जेठ – महिलाहरुलाई काम लगाइदिने बहानामा कुबेत लगेर बेच्ने एकजनालाई कुवेतको प्रहरीले पक्रेको छ ।
- सिन्धुपाल्चोकका श्यामकुमार लामालाई प्रहरीहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) कुवेतले पक्राउ गरी नेपाल पठाएको छ ।
- प्रिती तामाङलाई काममा लगाइदिने प्रलोभनमा पारी भारत, दुवई हुँदै कुबेत पु¥याउने लामालाई इन्टरपोलले पक्राउ गरेको हो ।
काठमाडौं, ११ जेठ – महिलाहरुलाई काम लगाइदिने बहानामा कुबेत लगेर बेच्ने एकजनालाई कुवेतको प्रहरीले पक्रेको छ ।
सिन्धुपाल्चोकका श्यामकुमार लामालाई प्रहरीहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) कुवेतले पक्राउ गरी नेपाल पठाएको छ । प्रिती तामाङलाई काममा लगाइदिने प्रलोभनमा पारी भारत, दुवई हुँदै कुबेत पु¥याउने लामालाई इन्टरपोलले पक्राउ गरेको हो ।
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट लामाको नाममा वारेन्ट जारी गरेको थियो ।
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट गत चैत १५ मा रेड नोटिस जारी भएको थियो ।
अन्तराष्ट्रिय स्तरमा खोजतलास भैरहेको थियो ।
खोजीकै क्रममा इन्टरपोल कुवेतबाट लामालाई नेपाल पठाइएको थियो । त्यसपछि त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बिहिबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Yubaraj Yubaraj
ठिक भयो हरामी लाई दलाल सैतान