तराईमा कुन दलको अवस्था कस्तो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
३१ पटक हेरिएको
Shares
तराईमा कुन दलको अवस्था कस्तो ?

सारांश

  • तराईमा मुख्य आधार भएका दलहरु विभाजित छन् ।
  • जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।
  • २०७४ को चुनावमा संघीय समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी तालमेल गरी स्थानीय निकाय देखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा महत्वपूर्ण जित हासिल गरेका थिए ।

तराईमा मुख्य आधार भएका दलहरु विभाजित छन् । जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।

२०७४ को चुनावमा संघीय समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी तालमेल गरी स्थानीय निकाय देखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा महत्वपूर्ण जित हासिल गरेका थिए । यी दुई मिलेर तमलोपा बन्दा देशमा तेस्रो शक्ति बनेका थिए । तर, जसपा फुटेपछि तराईको राजनीतिमा अवस्था बदलिएको छ ।

जसपाका नेता समेत रहेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टी परित्याग गरेका छन् । चुनाव नजिकिदै गर्दा उनी एमालेमा गएका हुन् । विगतमा तमलोपाबाट वीरगञ्जको मेयर लडेका राजेशमान सिंह पनि एमालेमा प्रवेश गरिसकेका छन् ।
तराईलाई आधार बनाएका जसपा र लोसपा दुवै कमजोर देखिन थालेका छन् । ती दलका नेताहरु पार्टी छाड्न थालेका छन् । विगतमा काँग्रेसको मुख्य आधार तराई नै थियो । तराई केन्द्रित दलहरु मजबुत हुँदा काँग्रेसलाई धक्का लागेको थियो । अब उनीहरु फुटेपछिको फाइदा काँग्रेसले लिनसक्ने आँकलन गर्न थालिएको छ ।
तराईमा एमालेले पनि आक्रामक रणनीति अघि सारेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले महत्वपूर्ण कार्यक्रमहरुमा ओलीले आफूहरुको धेरै माग सम्बोधन गर्न कदम चालेको बताउन थालेका छन् । ओलीले पनि नागरिकता विधयेक आफूले ल्याएको बताएर तराईमा प्रभाव बढाउन खोजेका छन् ।
मधेश केन्द्रित दलका नेता देखि माओवादीका तराईका नेताहरु तान्न थालेका छन् ।

प्रभु साहलाई एमालेमा ल्याएर ओलीले तराईमा माओवादीलाई धक्का दिन सकेको विश्लेषण भएको थियो । साह तराईमा प्रभावशाली मानिन्छन् । पछिल्लो समय ओलीले माओवादीबाट २०७४ सालको चुनाव जितेका देखि लडेकाहरुलाई धमाधम तान्न थालेका छन् । यसले माओवादीलाई ठूलो धक्का लाग्न सक्छ ।

तराईमा माओवादीको पनि बलियो आधार छ । विगतमा जस्तो प्रभाव भने छैन । तराईका कतिपय बलिया नेताहरुले पार्टी छाड्नुले माओवादीलाई नोक्शान परेको छ । नेकपा एसको देशका अन्य प्रदेशमा भन्दा मधेश प्रदेशमा बलियो स्थिति छ । अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहट हुनुले पनि त्यो अवस्था बनेको हो । तर, जनाधार भएका प्रभावशाली नेताहरु कम हुनुले जसपालाई सजिलो छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थकहरुको संख्या पनि तराईमा छ । राजावादी र हिन्दुवादीहरु राप्रपामा छन् । उनीहरुको चुनावी रणनीतिले त्यहाँको स्थितिमा फरक पार्न सक्छ ।

तराईमा सीके राउतको समूह फैलिइरहेको छ । चुनाव लड्ने निश्चित नगरेको राउत समूहले जसपा र लोसपाको शक्ति तान्न खोजिरहेको छ ।

तराईमा सत्ता गठबन्धन मिलेर चुनाव लडेमा एमालेसहित अर्को गठबन्धन पनि बन्ने सम्भावना बलियो छ । एमालेसहितको गठबन्धनमा लोसपा र सीके राउत समूह हुनसक्ने संकेतहरु देखिदैछ । यस्तो अवस्था बनेमा तराईको चुनावी भिडन्त रोचक बन्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
जिल्ला कारागार मा रहेका बालबालिका लाई दुध र पोशाक बितरण
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
सांसदको नाम प्रधानमन्त्रीले नै बिर्सिए
सांसदको नाम प्रधानमन्त्रीले नै बिर्सिए
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
एमालेसँग यसकारण डराए प्रधानमन्त्री देउवा, अन्ततः ओलीकै अडानको जित !
एमालेसँग यसकारण डराए प्रधानमन्त्री देउवा, अन्ततः ओलीकै अडानको जित !
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
BRI enhances cross border connectivity: Speaker Mahara
BRI enhances cross border connectivity: Speaker Mahara

तपाईंले छुटाउनुभयो कि?