‘अब काठमाडौंमा स्काई रेल’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
‘अब काठमाडौंमा स्काई रेल’

सारांश

  • काठमाडौं : काठमाडौंमा स्काइ रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुन्छ।
  • वातावरणमा सुधार आउँछ।
  • नागरिक निर्धा्रित समयमा ठाउँमा पुग्न सक्छन्- साइमिक्स इङ्क प्रा.

काठमाडौं : काठमाडौंमा स्काइ रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुन्छ। वातावरणमा सुधार आउँछ। नागरिक निर्धा्रित समयमा ठाउँमा पुग्न सक्छन्- साइमिक्स इङ्क प्रा.लिका प्रतिनिधिले महानगरका प्रमुख र उपप्रमुख समक्ष विशेषता बताएका छन्।

काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बीच स्काई रेल सञ्चालन सम्भाव्यता अध्ययनका लगि २०७३ माघ २६ गते भएको सम्झौता अनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले देखाएको तथ्य बताउँदै अध्ययनकर्ताले स्काई रेलको विशेषताका चर्चा गरेका हुन्।

कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा प्रस्ताव अघि बढाइने बताउनुभयो।

प्रतिवेदन बुझाउनुअघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काई रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताउनु भयो। ‘नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरी तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काई रेल सञ्चालन गर्न सकिन्छ’, उहाँहरुको भनाइ थियो।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भइरहदा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ। त्यस प्रकारको प्रतिवेदनमा स्टेशनको संख्या, सडक संरचनालगायतका कुराले लागत खर्च निर्धारण गरेको हुन्छ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ। मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ।

रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ। तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिन्छ। प्रारम्भिक अध्ययनले देखाएको छ।

अन्नपूर्णपोस्ट बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
बिक्री भएन दाङमा उत्पादित मह
बिक्री भएन दाङमा उत्पादित मह
कीर्तिनिधि विष्टको चर्चित लेख !
कीर्तिनिधि विष्टको चर्चित लेख !
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
केही प्रदेशमा भारी वर्षाको सम्भावना
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी