‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
सारांश
- काठमाडौं, माघ २२ ।
- नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन् ।
- एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन् ।
काठमाडौं, माघ २२ । नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन् ।
अघिल्लो शनिवार चितवनमा ‘केही दिनभित्रै एकताबारे निर्णायक कुरा गर्ने’ बताएका प्रचण्ड ओलीसँगको वार्तापछि चितवन पुग्दा उनीसँग सुनाउने कुनै निर्णायक सन्देश थिएन ।
ओलीसँगको भेटबारे प्रचण्डसित कुराकानी गरेपछि नेता दाहालले भने, ‘एकताको गति अघि बढेको तर त्यसले समात्नुपर्ने गति नपकडिएको हो ।’
सरकार र पार्टीको नेतृत्व एक–एकजनाले गर्नु स्वाभाविक हो । मेरो विचारमा पनि त्यो भएन भने त के सम्भव हुन्छ र ? एकता भनेको पार्टी विलय त होइन नि ।
त्यसबारे सचिवालय सदस्य दाहालको भनाइ थियो, ‘करिब÷करिब त्यस्तो देखिन्छ । एमाले नेतृत्वले गाह्रो मानेको देखिन्छ । तर त्यो असम्भव हो ।’
ओली र प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने भद्र सहमति भएको उनको दाबी छ । प्रचण्ड स्वयम्ले त्यो कुरा सार्वजनिक गरेका छैनन् ।
‘विलय हैन’
प्रचण्डले दिएको जानकारीका आधारमा उनले त्यो दावी गरेका हुन् । जवाफमा नेता दाहालले भने, ‘भाषणमा भन्नु भयो कि भएन् अर्को कुरा हो । तर हामीसँगको भएको अनौपचारिक छलफल अनुसार भन्दा सरकार र पार्टीको नेतृत्व एक÷एकजनाले गर्नु स्वाभाविक हो । मेरो विचारमा पनि त्यो भएन भने त के सम्भव हुन्छ र ? एकता भनेको पार्टी विलय त होइन नि ।’
चुनाव प्रचारका क्रममा दुवै दलको नेतृत्वतहबाट थोरै समय नपुग भएकाले चुनावी गठबन्धन बनाएको भनाइ सार्वजनिक भएको थियो ।
चुनावपछि एकता गर्ने घोषणा गरेका उनीहरुबीच पटक–पटक एकल वा सामूहिक छलफल भए पनि उनीहरु तत्काल एकताको विन्दुमा पुगिसकेको देखिएको छैन ।
बरु दिनदिनै झन् अन्योल बढेको पाइन्छ । तर दुवै पक्षका नेताले एकता हुने बताइरहेका छन् ।
प्रतिक्रिया