ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
सारांश
- काठमाडाैं।
- पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ।
- आइतबार दिउँसोबाट खोजी तथा उद्धार गर्न खटिएको टोलीले रात परेकाले खोजी स्थगित गरेको हो।
काठमाडाैं। पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ।आइतबार दिउँसोबाट खोजी तथा उद्धार गर्न खटिएको टोलीले रात परेकाले खोजी स्थगित गरेको हो।
टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
नेपाली सेनाको मुस्ताङको घासास्थित पोष्टबाट ६५ जनाको टोली पैदल खोजी गर्न परिचालन भएको थियो। त्यस्तै नेपाली सेनाकै हेलिकप्टर पनि काठमाडौंबाट पठाइएको थियो।
मौसमका कारण हेलिकप्टरबाट खोजी गर्न कठिन भएको थियो।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
प्रतिक्रिया