प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सारांश

  • काठमाडौं।
  • थप स्वास्थ्य उपचारको  लागि सिंगापुर जाने तयारी गरेका प्रधानमन्त्री केपी ओलीलेसंसदमा प्रतिनिधित्व गर्ने राजनीतिकको सर्वदलीय बैठक बोलाएका छन्।
  • मंगलबार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुटाबारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीति दललाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले डिसी नेपाललाई जानकारी दिए।

काठमाडौं। थप स्वास्थ्य उपचारको  लागि सिंगापुर जाने तयारी गरेका प्रधानमन्त्री केपी ओलीलेसंसदमा प्रतिनिधित्व गर्ने राजनीतिकको सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुटाबारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीति दललाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले डिसी नेपाललाई जानकारी दिए।

सर्वदलीय बैठक बस्नु अघि सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने उनले जानकारी दिए।
हाल संसदका राष्ट्रिय दलको मान्यता पाएका चार राजनीतिक दल छन्। नेकपा, नेपाली काग्रेस, समाजवादी पार्टी र राजपाले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्।  
त्यस बाहेक संसदमा स्वतन्त्रको हैसियतमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक/एक जना सांसद छन्। बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ। 
केही समय अगाडि सिंगापुरमा स्वास्थ उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली भदौ पाँच गते थप उपचाको लागि सिंगापुर जाने तयारीमा छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?