त्रिविको आज दीक्षान्त समारोह हुँदै
सारांश
- काठमाडौं, १६ पुस ।
- त्रिभुवन विश्वविद्यालयको आज ५६ औँ ग्रेस लिष्टको ४४ औ दीक्षान्त समारोह हुँदैछ ।
- ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए ।
काठमाडौं, १६ पुस । त्रिभुवन विश्वविद्यालयको आज ५६ औँ ग्रेस लिष्टको ४४ औ दीक्षान्त समारोह हुँदैछ । ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए ।
समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नेछन् ।
समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पी लामा नेपाल आएका छन् ।
पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २ सय ८२ जना विद्यार्थीमध्ये नौ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
प्रतिक्रिया