“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
४८ पटक हेरिएको
Shares
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी

सारांश

  • काठमाडाै, ३१ भदाै ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल देशको मुहार फर्ने परियोजना भएको बताएका छन्।
  • अब विमानस्थल निर्माण हुने स्थानको विकल्प खोज्न नसकिने भन्दै अधिकारीले जीवनमा कहिल्यै रुख नरोपेकाहरुले आयोजनाको विरोध गरेको दाबी गरे।

काठमाडाै, ३१ भदाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल देशको मुहार फर्ने परियोजना भएको बताएका छन्। अब विमानस्थल निर्माण हुने स्थानको विकल्प खोज्न नसकिने भन्दै अधिकारीले जीवनमा कहिल्यै रुख नरोपेकाहरुले आयोजनाको विरोध गरेको दाबी गरे। उनले भने, “केही वातावरणकर्मीहरुले आयोजना निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेको छन्। यो देश विकासलाई गति दिने आयोजना हो, अब कसैले रोकेर रोकिंदैन। निजगढ विमानस्थल सार्वजनिक निजी साझेदारीमा बन्छ ।“

नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गर्दै वातावरणमा कम भन्दा कम प्रभाव पारी विमानस्थल निर्माण गरिने बताए। बाराको निजगढमा विमानस्थल बनाउँदा काटिने रुखले पर्यावरणमा असर पर्ने भन्दै आलोचना हुन थालेपछि विमानस्थलका विषयमा जानकारी गराउन उड्डयन क्षेत्रको नियामक निकाय क्यानले पत्रकार सम्मेलन गरेको थियो। क्यानका महानिर्देशक सञ्जीव गौतमले निजगढ विमानस्थल २ हजार ५ सय ९३ हेक्टरमा निर्माण गरिने जानकारी दिए। विमानस्थल बनाउन १ लाख ९४ ‍हजार ४८० ठूला र ५ लाख ७५ हजार २११ साना रुख काटिने जानकारी गराइएको थियो ।

गौतमले सन् २०३५ सम्म विश्वमा ७२१ अर्ब अमेरिकी डलर विमानस्थल बनाउन खर्च हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको अध्ययनले देखाएको बताउँदै निजगढ विमानस्थल नेपालका लागि आवश्यकता रहेको दाबी गरे। उनले भने, “निजगढ विमानस्थल एसिया प्यासिफिक क्षेत्रको हबको रुपमा विकास हुने सम्भावना छ । वातावरण जोगाउने विषयमा हामी सचेत छौँ। रुख रोप्ने ठाउँको सुनिश्चितता नभएसम्म रुख काटिदैन।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो:  सभापति देउवा
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो: सभापति देउवा
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
मंसिर ४ को निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आजको राशीफल
आजको राशीफल
एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड
एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
छोराले काठको दाउरा प्रहार गर्दा आमाको मृत्यु
छोराले काठको दाउरा प्रहार गर्दा आमाको मृत्यु
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ