राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण

सारांश

  • जेनेभा, २ असार ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गर्नुभयो ।
  • राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्नुहुँदा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई.

जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गर्नुभयो ।
राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्नुहुँदा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई. सेस्मेलिसका साथै सङ्गठनमा कार्यरत नेपाली वैज्ञानिक ए. शर्मा तथा एस. श्रेष्ठले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा प्रमुख सेस्मेलिसले सङ्गठनका क्रियाकलापका विषयमा जानकारी दिनुभयो । यस क्रममा उहाँले सङ्गठनले विश्व तथा नेपालमा गरेका क्रियाकलाप र नेपाली वैज्ञानिकलाई उपलब्ध गराएको अवसरका विषयमा जानकारी दिनुभयो ।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सङ्गठनले मानव शान्तिका लागि बैज्ञानिक अनुसन्धान तथा विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै नेपाली वैज्ञानिक तथा विज्ञानका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल भूकम्पको जोखिममा परेको मुलुक भएकाले यसबाट जोगाउन सर्नले गर्नसक्ने कार्यका विषयमा जिज्ञाशा प्रकट गर्नुभयो ।
सङ्गठन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सिन्क्रोसाइक्रोट्रोनको पनि अवलोकन गर्नुभयो । यस भवनमा एस. पेटिटले सङ्गठन तथा उर्जा भौतिकशास्त्री अनुसन्धानमा भएका विषयमा छोटो प्रस्तुतीकरण दिनुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘कन्ट्रोल रुम’को निरीक्षण गनुभयो । ‘कन्ट्रोल रुम’मा उहाँलाई सहयोग सम्बन्धका पूर्व प्रवक्ता डी चाल्र्टन तथा नेपाली वैज्ञानिक एस श्रेष्ठले यस कक्षमा आफूहरुको गर्नुपर्ने कामका विषयमा जानकारी दिनुभयो । उक्त अवसरमा नेपाली विद्यार्थी बी पण्डित तथा डी चालिसेको पनि उपस्थिति थियो ।
यस कक्षमा राष्ट्रपति भण्डारीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो र उहाँलाई प्रवक्ता डी चाल्र्टनले सर्नको वैज्ञानिक उपहार प्रदान गर्नुभयो ।
सर्न संयुक्त राष्ट्र सङ्घको आधिकारिक पर्यवेक्षक निकाय हो र यसलाई वैज्ञानिक प्रयोगशालाको रुपमा लिइन्छ । यसले उच्च उर्जा भौतिकशास्त्रीय अनुसन्धानको काम गर्छ । यसमा व्यापक तथ्याङ्कको व्यवस्था भएकाले यससँग विश्वभरबाट नेटवर्कमा काम हुन्छ । वल्ड वाइड वेबको आरम्भ पनि यसै संस्थाबाट भएको हो ।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता र संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्गठन तथा अन्तरराष्ट्रिय कानुन महाशाखाका सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।

(sonoma.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित
बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी
बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी

तपाईंले छुटाउनुभयो कि?