राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २२, २०७८
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा वातावरण सुधार्न आग्रह

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गरेकी छन् ।
  • प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउदै उनले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिएकी हुन्।
  • विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गरेकी छन् ।

प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउदै उनले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिएकी हुन्।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिएकी छन् । उनले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गरेकी छन्।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?