थुनामा रहेका सांसदले संसद्काे हैसियतबाट काम गर्न नपाउने
सारांश
- काठमाडाै, २५ जेठ ।
- संसद् बैठकले बहुमतबाट संसद्को नियमावली पारित गरेको छ।
- आज बसेको संसद् बैठकमा पेश भएको नियमावलीमाथि दफावार छलफलपछि बहुमतले पारित गरेको हो।
काठमाडाै, २५ जेठ । संसद् बैठकले बहुमतबाट संसद्को नियमावली पारित गरेको छ। आज बसेको संसद् बैठकमा पेश भएको नियमावलीमाथि दफावार छलफलपछि बहुमतले पारित गरेको हो।
पारित नियमावलीअनुसार अब फाैजदारी अभियाेग लागेका सांसद पुर्पक्षका लागि थुनामा रहे पनि निलम्वन हुनेछैनन् तर, संसद्काे हैसियतबाट कुनै काम गर्न भने पाउने छैनन्।
फौजदारी अभियोग लागेका सांसदले प्रयाेग गर्ने अधिकार नपाउने, अपराधमा अनुसन्धान र छानविनबाट उन्मुक्ति नपाउने र थुनामा रहेकाे अवधिकाे पारिश्रमिक नपाउने व्यवस्था नियमावलीमा गरिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया