सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता

सारांश

  • काठमाडौं, २७ माघ – कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा त्रिशुली नदीमा खसेको छ ।
  • धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो।
  • त्यस जिपमा सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव रहेको र जिप त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौं, २७ माघ – कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा त्रिशुली नदीमा खसेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो।

त्यस जिपमा सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव रहेको र जिप त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । सचिवसहित तीन जना बेपत्ता भएका छन्। जिप शनिबार बिहान पौने तीन बजे त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

दुर्घटनामा परेको जिपमा रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र एक जना आफन्त  रहेको प्रहरीले जनाएको छ । घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए। बेपत्ताहरुको खोजीकार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?