पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल

सारांश

  • फागुन ७, काठमाण्डौ ।
  • नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एमाले–माओवादीबिचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेकी छिन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको आइतबारको छलफल सकारात्मक भएको दाबी गरेकी हुन् ।

फागुन ७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एमाले–माओवादीबिचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको आइतबारको छलफल सकारात्मक भएको दाबी गरेकी हुन् ।

सोमबार पनि दुई अध्यक्षबिच छलफल गरेर पार्टी एकता समायोजन समितिको बैठक बसेर एकता प्रक्रियाबारे ठोस निर्णय गर्ने तयारी भइरहेको भुसालको दाबी छ ।

“पद मुख्य कुरा होइन । नमिलेका कुरा वैचारिक र राजनीतिक कुरा थिए । त्यस विषयमा दुई अध्यक्षबिच गहन छलफल भएको छ ।” भुसालले भनिन् ।

नमिलेका विषयलाई आन्तरिक बहसको विषय बनाएर आगामी महाधिवेशनमा कार्यदिशालाई थप परिमार्जन गर्ने विषयमा समझदारी बनेको उनको भनाई छ ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको माओवादलाई आन्तरिक बहसको रुपमा अगाडि बढाइने भुसालको भनाई छ ।
एमाले अध्यक्ष ओली नेतृत्वका सरकारमा माओवादी पनि जाने भुसालले स्पष्ट पारेकी छिन् ।

“तिथीमिति त अहिले नतोकौँ । जनताले अनुमोदन गरेअनुसार हामी सरकार गठन र पार्टी एकता दुवै गर्छौँ ।” भुसालले भनिन् ।रिपोर्टेर्स नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
पण्डितविरुद्ध कर्मचारी अदालत जाने !
पण्डितविरुद्ध कर्मचारी अदालत जाने !
ओलीद्वारा प्रचण्डलाई दौडाएको दौडायै
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
आजको मौसमः हिमाली भू-भागमा हिमपात, तराइमा हुस्सु र कुइराे लाग्ने
आजको मौसमः हिमाली भू-भागमा हिमपात, तराइमा हुस्सु र कुइराे लाग्ने
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
सर्वनाममा आर्ट ग्यालरी
सर्वनाममा आर्ट ग्यालरी

तपाईंले छुटाउनुभयो कि?