दामनको रिसोर्टमा बेहोस भएका आठ भारतीयको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
दामनको रिसोर्टमा बेहोस भएका आठ भारतीयको मृत्यु

सारांश

  • काठमाडाैं।
  • मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडाैं। मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

‘उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको बुझिएको छ,’ अस्पताललाई उद्धृत गर्दै प्रहरी स्रोतले जनायो ।

अन्य तीन जनालाई लिन पुन: हेलिकप्टर लिन गएको थियो। उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो। मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?