दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

सारांश

  • काठमाडौं ,  १० असाेज ।
  • दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्।
  • दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४४ हजार खसीबोका भारतबाट ल्याउन लागिएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ।

काठमाडौं ,  १० असाेज । दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्। दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४४ हजार खसीबोका भारतबाट ल्याउन लागिएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ। दसैं, तिहारमा खपत हुने करिब ५५ हजार खसीबोका, भेडाच्याङ्ग्रामध्ये २० प्रतिशतमात्र स्वदेशी उत्पादनले धान्ने संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए । ५५ हजारमध्ये ११ हजार विभिन्न जिल्लामा उत्पादन भएका खसीबोका र भेडाच्यांग्रा बजारमा बिक्री हुन्छ । प्रतिगोटा १४ हजार रुपैयाँका दरले यो सिजनमा करिब ७७ करोड रुपैयाँको कारोबार हुन्छ। भारतबाट ल्याउने ४४ हजारलाई प्रतिगोटा १४ हजारका दरले हिसाब गर्दा करिब ६१ करोड ६० लाख रुपैयाँ हुन्छ।

बजारको माग अनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय परनिर्भरता रहेको संघले जनाएको छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ,’ संघका पाठकले भने। सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैं–तिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रा पालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ।

दसैं–तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बका खसीबोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । स्वदेशी उत्पादनले १५–२० प्रतिशतमात्र थेग्ने संघले जनाएको छ । यो सिजनमा मात्र आधा अर्ब रुपैयाँभन्दा धेरै भारत जाने भएको छ। भारतबाट मात्र नभएर चीनबाट केरुङ, मुस्ताङको कोरला नाका हुँदै भेडाच्यांग्रा ल्याउने क्रम सुरु भएको छ । हिमाली क्षेत्रमा भेडाच्यांग्रा पाल्ने किसानले चीनको सीमा क्षेत्रबाट किनेर ल्याई मिसाएर बेच्ने सम्बन्धित जिल्लाका किसान बताउँछन्। चाडवाडमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?