स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?

सारांश

  • काठमाडौं, ३१ असार ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार बिहान बालुवाटारबाट काभ्रेका सत्यमान लामालाई पक्राउ गर्याे ।
  • पक्राउ गरेर लामालाई परिसर नपुर्याँउदै अनलाईन सञ्चार माध्यमा गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ भन्दै समाचार प्रकाशित भयो ।

काठमाडौं, ३१ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार बिहान बालुवाटारबाट काभ्रेका सत्यमान लामालाई पक्राउ गर्याे । पक्राउ गरेर लामालाई परिसर नपुर्याँउदै अनलाईन सञ्चार माध्यमा गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ भन्दै समाचार प्रकाशित भयो ।

सञ्चारकर्मीको प्रश्नमा परिसरका प्रमुख एसएसपी बिश्वराज पोखरेल र मुद्दाका डिएसपी मोहन थापाले अबैध डलरको कारोबार, गुण्डागर्दी र चेक लुटपाट गरेको उजुरीको आधारमा लामालाई पक्राउ गरेको जानकारी गराएका थिए । प्रकाशित समाचार पढ्दा काठमाडौं परिसरले ठूलै माछो जालमा पारेको भान अनलाईन सञ्चारमाध्यमका पाठकलाई हुन पुग्यो ।

परिसरले लामा बिरुद्ध थप अनुसन्धानका लागी काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी  थुनामा राख्ने म्याद  लियो। तर, प्रहरीले सत्यमानलाई एक रात पनि हिरासतमा राख्न भने सकेन । सत्तारुढ दलका सांसद नबिना लामाको दबाबमा बिहान ११ बजे पक्राउ परेका लामा बेलुका ५ बजे रिहा भए । बिहान अनेक आरोप लगाउँदै पक्राउ परेका  लामा बेलुका प्रहरीकै मुखबाट कुनै आरोप र प्रमाण नभएको भन्दै रिहा गरियो ।

काठमाडौँ प्रहरी प्रमुख पोखरेलले थुनामा राख्ने प्रमाण नपुगेपछि हाजिरी जमानीमा सत्यमानलाई छाडेको बताउँछन्। तर जिल्ला प्रशासन कार्यालयले कुन प्रमाणको आधारमा लामालाई थुनामा राख्न अनुमती दियो । मुद्दामा म्याद थप भईसकेको व्यक्तिलाई प्रहरीले चाहेमा हाजिर  जमानीमा छाड्न सक्ने कानुनी प्राबधान छ ।

तर यस्तो अभ्यास नेपाल प्रहरीमा नगन्य रुपमा भेटिन्छन् । सामान्य मुद्दाका आरोपितलाई २४ दिन थुन्ने प्रहरीको परिपाटी छ । हिरासतमा बिरामी परेकालाई अस्पताल भर्ना गर्ने परिपाटी छ, तर हाजिरी जमानीमा छाडेको रेकड् सायतै काठमाडौं प्रहरीमा नभेटिएला ।

तर एसएसपी पोखरेलले लामालाई छाडिएको बिषयमा जिज्ञासा राख्ने सञ्चारकर्मीलाई कानुन सिकाउँदै थुना बाहिर राखेर पनि मुद्दा चलाउन सक्ने बताएका छन् । एसएसपी पोखरेलले काठमाडौं परिसरको कमाण्ड सम्हाल्ले देखी आज सम्म लामा बाहेक कती जनालाई हिरासत बाहिर राखेर मुद्दा चलाएका छन्, यो पश्न भने उनै तिर सोजिन्छ ।

(अपराधखवर बाट)

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र
दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री
बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय

तपाईंले छुटाउनुभयो कि?