दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
सारांश
- काठमाडौं ।
- साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ।
- शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा.
काठमाडौं । साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ।
शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेदविरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा. अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो।
कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्रा. डा. बराल, डा। अशोक थापा र उपप्राध्यापक अनुपमा रेग्मीले सो कृतिको समीक्षा गरेका थिए।
सैंतिस परिच्छेद र २७९ पेजमा रहेको सो उपन्यास शिखा बुक्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।
ढकालका यसअघि ‘एक्लै सन्ध्याको मझेरीमा’ गजल सङ्ग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनात्मक कृतिलगायत पुस्तक प्रकाशित भइसकेका छन्।
प्रतिक्रिया