अर्गानिक चियाको माग बढ्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
अर्गानिक चियाको माग बढ्दै

सारांश

  • तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ ।
  • गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ ।
  • व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताउनुभयो ।

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ ।

गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ ।

व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताउनुभयो ।

यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ लगायतका तयारी चियाले बजार पाउन थालेको छ । चियाखेतीबाट आम्दानी लिन नसकेपछि निराश बन्दै आएका कृषकले पछिल्लो समय मनग्य आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको तयारी चिया अहिले नेपालको काठमाडाँैलगायत पर्र्वतका बजारमा बिक्री हुँदै आएको छ । प्रशोधन केन्द्रको अभावमा बगानमै खेर गइरहेको हरियो मुना विगत पाँच वर्षदेखि लालिगुराँस नगरपालिका– ९ सोल्मामा स्थापना भएको अर्गानिक चिया प्रशोधन केन्द्रबाटै तयारी हुन थालेपछि आम्दानी लिन थालेका हुन् ।

स्वाद र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएका अर्गानिक चिया उत्पादन हुन थालेपछि चिया ग्राहकलाई पनि फाइदा हुने गरेको छ । सिटीसी चिया मात्र प्रयोग गर्दै आएकामा यतिबेला अर्थाेडक्स चिया पिउनेको संख्या दिनप्रदिन बढ्दै गएको छ । कृषकले उत्पादन गरेको हरियो मुना अहिले प्रतिकिलो रु ५० देखि रु ५६ मा प्रशोधन केन्द्रले खरिद गरी तयारी चिया उत्पादन गर्दैआएको छ ।

शुरुका दिनमा आम्दानी लिन नसक्दा लगानी खेर गएको थिायो । अहिले पर्याप्त आम्दानी हुन थालेपछि कृषक चियाखेतीतर्फ आकर्षित भएका छन् । उत्पादनसँगै बजारीकरणमा ध्यान दिन सके कृषकको आर्थिक अवस्थामा सुधार आउने देखिन्छ । जिल्लामा उत्पादन भएको चियाले बजार पाए पनि दक्ष कामदार नहुँदा ग्राहकको माग पु¥याउन धौधौ भएको छ ।

दक्ष कामदारको अभावले पर्याप्त चिया उत्पादन गर्न नसकिएको कुलकुले चिया सहकारी संस्थाका सचिव डुडिन्द्र कटुवालले बताउनुभयो । यहाँ उत्पादन भएको तयारी चिया रु ६०० देखि रु सात हजारसम्ममा प्रशोधन केन्द्रबाटै बिक्री हुँदै आएको छ । जिल्लामा वार्षिक २५ हजार किलो तयारी चिया उत्पादन हुँदै आएको छ । जिल्लामा तीन हजार ८०० रोपनी क्षेत्रफलमा चिया खेती हुनेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
३३ किलो सुन प्रकरणमा फेरि अर्का एसपी पक्राउ
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता
गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु