कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३० पटक हेरिएको
Shares
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’

सारांश

  • बर्दिबास, ३१ साउन ।
  •   महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाअध्यक्ष रामकिशोर साह सेवाग्राहीकै अगाडि कार्यालयकै कुर्सीमा मस्त सुतेको भेटिएको छ ।
  •  कार्यालयकै कुर्सीमा निदाएका उनले टेबलमा खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका हुन् ।

बर्दिबास, ३१ साउन ।  महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाअध्यक्ष रामकिशोर साह सेवाग्राहीकै अगाडि कार्यालयकै कुर्सीमा मस्त सुतेको भेटिएको छ । कार्यालयकै कुर्सीमा निदाएका उनले टेबलमा खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका हुन् । सातामा मुस्किलले दुई दिन मात्र उपस्थित हुँदै आएका उनी आए पनि कार्यालयकै टेबल र कुर्सीमा आराम गर्ने गरेको सेवाग्रीले बताएका छन् । कार्यालयमा उनले समय नदिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । सेवामा ढिलाइ भएको भन्दा उनले उल्टै सेवाग्राहीलाई झपार्दै उनी भन्छन्, ‘चार वर्षसम्म कोही पनि बोल्न पाउँदैन ।’

जनताको करबाट तलब खाने वडाअध्यक्ष साहको इँटा उद्योग  छ । उनले धेरै समय वडा कार्यालय भन्दा उद्योगमै दिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । गाउँ गाउँमा सिंह दरबारको नारा दिएपनि बिजपुराका नागरिकहरु विभिन्न ३६ प्रकारका सिफारिसमा वडाअध्यक्षको हस्ताक्ष्र गराउन उनलाई खोज्दै भोतारिनुपरेको छ । ‘विहानदेखि साँझसम्म सेवा दिन्छु । थकाई लाग्छ । कुर्सीमै सुतेँ होला,’ वडा अध्यक्ष साहले भने, ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु ।’

सेवा दिएन गुनासो गर्नेहरुको नामसहित समाचार लेखिदिन उनले भन्दै थपे, ‘म सुतेको फोटो जसले खिचे । उसले त्यसको असरपछि बुझ्छ, मलाई केही मतलब छैन ।’ कुर्सीमा आराम गरेर आफूबाट गल्ती भएको उनले स्वीकार गरे । वडाअध्यक्ष साह स्थानीय नेपाल राष्ट्रिय नारायणी आधारभूत विद्यालय व्यवस्थान समितिका अध्यक्ष पनि हुन् । काम गर्दा थकाई लागे आराम गर्न कार्यालयमा आवश्यकता अनुसार आराम कक्ष निर्माण गर्न सेवाग्राहीले सुझाएका छन् ।

(अन्नपुर्ण दैनिक बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?