देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
सारांश
- काठमाडौं, ४ साउन ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेरि अर्को धक्का लागेको छ ।
- कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरसँग असहमति राख्दै आएका विद्यार्थी नेताहरुले बिहीबार एकतर्फीरुपमा महाधिवेशनको घोषणा गरी विधानको छलफलमा जुटेपछि देउवालाई अर्को धक्का लागेको हो ।
काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेरि अर्को धक्का लागेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरसँग असहमति राख्दै आएका विद्यार्थी नेताहरुले बिहीबार एकतर्फीरुपमा महाधिवेशनको घोषणा गरी विधानको छलफलमा जुटेपछि देउवालाई अर्को धक्का लागेको हो ।
प्रज्ञा प्रतिष्ठानमा विद्यार्थीहरुले भेला आयोजना गरी संघका उपाध्यक्ष नवीन राईको नेतृत्वमा विधान अधिवेशन उदघाटन गरी छलफल शुरु गरिएको हो । उक्त कार्यक्रममा उपाध्यक्ष राईले अधिवेशनको विकल्प नरहेको प्रष्ट पार्दै अध्यक्ष महरले संगठन चलयामान भएको हेर्न नचाहेको आरोप लगाए ।
अध्यक्ष जिम्मेवारीबाट पन्छिन खोजेपछि आफूले वाध्य भई नेतृत्व गरेर संगठनलाई अधिवेशन उन्मुख गराएको उनले बताए । त्यसैगरी राईले देशभर रहेका विद्यार्थीलाई विधानमा गर्नुपर्ने सुधारका लागि सुझाव आव्हान पनि गरेका छन् ।
उक्त भेलामा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका वर्तमान पदाधिकारी प्रकाश राना, कुन्दनराज काफ्ले, रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, शिव रिमाल लगायतका सहभागी थिए । नेविसंघका पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ, बलदेव तिमिल्सिना समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया