देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै

सारांश

  • शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छोड्दैछन् ।
  • हिजो बिहीबार देशवासीका नाममा सम्बोधन सहित प्रधानमन्त्री पदबाट राजीनामा दिएका देउवाले आज सरकारीनिवास बालुवाटार छोडेर बूढानीलकण्ठस्थित आफ्नो घरमा जाँदैछन् ।
  • देउवाले ज्योतिषको सल्लाहमा शुक्रबार सरकारी निवास छोड्न लागेको श्रोतले बताएको छ ।

शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छोड्दैछन् । हिजो बिहीबार देशवासीका नाममा सम्बोधन सहित प्रधानमन्त्री पदबाट राजीनामा दिएका देउवाले आज सरकारीनिवास बालुवाटार छोडेर बूढानीलकण्ठस्थित आफ्नो घरमा जाँदैछन् ।

देउवाले ज्योतिषको सल्लाहमा शुक्रबार सरकारी निवास छोड्न लागेको श्रोतले बताएको छ । उनले हरेक काममा ज्योतिषको परामर्श लिने गरेका छन् । कांग्रेस सभापति रहेका देउवाले आठ महिना अघि बालुवाटार आउँदा पनि ज्योतिषले भनेकै समय साइत पारेर पसेका थिए ।

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको सपथपछि उनले सरकारी निवास छोड्न लागेका हुन् । ‘आज बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।

देउवाले हिजो सरकारले गरेका कामको बेलिविस्तार सहित १५ मिनेट लिखित सम्बोधन गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकार सफल भएको दाबी गरेका थिए । उनले संघीयता कार्यान्वयनका लागि नयाँ ऐन, प्रशासनिक पुनर्संरचनाअनुरूप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको बताएका थिए ।

निर्वाचन आचारसंहिताका कारण सोचेजति विकास निर्माणको काम गर्न नसकेको बताएका थिए । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने, काठमाडौं–तराई–मधेस द्रुतमार्ग सेनालाई जिम्मा दिएर कार्य सञ्चालन गर्ने, मेलम्ची खानेपानी आयोजनाको कार्य अन्तिम चरणमा पुर्यानउने काम भएको देउवाको सम्बोधनमा उल्लेख छ ।

गृहमन्त्रालयबाट बाँडिने आर्थिक जथाभावी बाँडेको भन्दै उनी आलोचित भएका थिए । ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ७० वर्षबाट घटाई ६५ वर्ष बनाएका थिए । साथै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायत जटिल प्रकृतिका दीर्घरोगीलाई आजीवन पाँच हजार जीवन निर्वाह भत्ता दिने, मुलुकी ऐनलाई समयसापेक्ष बनाउने, पुनर्निर्माण अभियानलाई गति दिने काम भएको वक्तव्यमा उल्लेख छ ।

(https://fleshbot.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भृकुटीमण्डपमा जुत्ता, चप्पल मेलाको आकर्षण
भृकुटीमण्डपमा जुत्ता, चप्पल मेलाको आकर्षण
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
गणेश लामा ले पाए नेपाली काङगे्रस बाट प्रदेश सभाको टिकट ।
गणेश लामा ले पाए नेपाली काङगे्रस बाट प्रदेश सभाको टिकट ।
बाख्राको मासुमा  सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !
बाख्राको मासुमा सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने एयरलाइन्सको तयारी
बेलायतमा बढ्न थाल्यो कोरोना
बेलायतमा बढ्न थाल्यो कोरोना

तपाईंले छुटाउनुभयो कि?