आज कानुन दिवस, प्रधान न्यायाधीशले दिए शुभकामना

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आज कानुन दिवस, प्रधान न्यायाधीशले दिए शुभकामना

सारांश

  • काठमाडौँ, २६ वैशाख- आज कानुन दिवस ।
  • विविध कार्यक्रमको सहित काुनन दिवस मनाइँदैछ ।
  • कानुन दिवसको अवसरमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सबैमा शुभकामना दिएका छन् ।

काठमाडौँ, २६ वैशाख- आज कानुन दिवस । विविध कार्यक्रमको सहित काुनन दिवस मनाइँदैछ । कानुन दिवसको अवसरमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सबैमा शुभकामना दिएका छन् ।

नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको छ ।

शुभकामनामा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्ति, न्याय, विकास र समृद्धि हाँसिल गरी न्यायपूर्ण समाज स्थापनार्थ संविधान र कानून कार्यान्वयनको जिम्मेवारी प्राप्त निकाय, पदाधिकारी, सरोकारवालालगायत न्याय र कानूनप्रेमी समस्त आम जनसमुदायलाई विधिको शासनको मर्मप्रति समर्पित भई क्रियाशील रहन यो दिवसबाट थप प्रेरणा, उर्जा र सामथ्र्य प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु ।”

विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सबैमा विशेष आग्रह गर्दछु, प्रधान न्यायधाीशले भनेका छन् ।

“कानून दिवस शुत्रपात गराएको तत्कालीन समयको सन्दर्भ र वर्तमान परिप्रेक्ष्यलाई संवैधानिक सर्वोच्चता र विधिको शासनको कसीमा नियाल्दा धेरै विषयमा हामीले सन्तोष लिने र गर्व गर्ने पक्षहरु विद्यमान रहेको छ” शुभकामनामा उल्लेख छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको सुनिश्चिता र विधिको शासनप्रति प्रतिबद्ध प्रणालीको व्यवस्थासहित नेपाली जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गरी लागू गरेको शुभकामनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण
जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
भदौ १० गते बुधवारको राशिफल यस्तो छ
भदौ १० गते बुधवारको राशिफल यस्तो छ
मुगाबे सत्ताच्यूत भएपछि जिम्बाबेमा पहिलो पटक मतदान !
मुगाबे सत्ताच्यूत भएपछि जिम्बाबेमा पहिलो पटक मतदान !
धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा
धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

तपाईंले छुटाउनुभयो कि?