गाई काटेको भन्दै ३ जना पक्राउ गरी मुद्दा
सारांश
- स्याङ्जा, ९ जेठ – स्याङ्जाको चापाकोट चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।
- वडा प्रहरी कार्यालय वालिङका अनुसार चापाकोट ३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई गाई काटेको भन्दै पक्राउ गरी मुद्दा चलाएको हो ।
- प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।
स्याङ्जा, ९ जेठ – स्याङ्जाको चापाकोट चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङका अनुसार चापाकोट ३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई गाई काटेको भन्दै पक्राउ गरी मुद्दा चलाएको हो । प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।
सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया