देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
३२ पटक हेरिएको
Shares
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सारांश

  • पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ ।
  • मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको सामान्य प्रभावकै कारण तराई तथा तल्लो पहाडी भेगमा हुस्सुसमेत लाग्न थालेको छ भने उच्च पहाडी क्षेत्रमा दिनमा लुवालो र राती बरफ जम्न थालेको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको सामान्य प्रभावकै कारण तराई तथा तल्लो पहाडी भेगमा हुस्सुसमेत लाग्न थालेको छ भने उच्च पहाडी क्षेत्रमा दिनमा लुवालो र राती बरफ जम्न थालेको छ ।

महाशाखाकाका अनुसार आईतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। त्यस्तै, रातीसम्म प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु(भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
पुस १३ गतेको मौसम पूर्वानुमानः दिउँसो प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश नं १, गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस १४ गतेको मौसम पूर्वानुमानः दिउँसो देशका पहाडी र उच्च हिमाली भु(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने
राती पहाडी भु(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । चिसो अझै बढ्दै जाने भएकाले स्वास्थ सुरक्षा अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?