अस्ताउँदो सूर्यलाई अर्घ दिदै मनाइयो छठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अस्ताउँदो सूर्यलाई अर्घ दिदै मनाइयो छठ

सारांश

  • अस्ताउँदो सूर्यलाई अघ्र्य दिदैै आज छठको तेस्रो दिन देशभर नै धुमधामका साथ मनाइयो ।
  • छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ ।
  • चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्य दिदैै आज छठको तेस्रो दिन देशभर नै धुमधामका साथ मनाइयो । छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

छठको तेस्रो दिन आज साँझ काठमाडौं उपत्यकालगायत मधेसका धेरै जिल्लामा अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिएर छठ मनाइयो छ । भोली बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । छठमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?