शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
सारांश
- काठमाडौँ, २९ कात्तिक ।
- मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडा यतिबेला विश्व सुन्दरी प्रतियोगिताका लागि चीनमा छन् ।
- हालसम्मका कुनैपनि मिस नेपालले विश्व स’न्दरीको उपाधी नजितेका बेला शृङ्खलाबाट धेरैले आशा गरेका छन् ।
काठमाडौँ, २९ कात्तिक । मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडा यतिबेला विश्व सुन्दरी प्रतियोगिताका लागि चीनमा छन् । हालसम्मका कुनैपनि मिस नेपालले विश्व स’न्दरीको उपाधी नजितेका बेला शृङ्खलाबाट धेरैले आशा गरेका छन् ।

विश्व सुन्दरी प्रतियोगिताको विजेता छान्न अझै धेरै समय बाँकी छ तर विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले शृङ्खलालाई नजिकबाट नियालिरहेका छन् । गोपाजिएन्ट भन्ने संस्थाले शृङ्खलालाई उपाधीका २० दावेदार सुन्दरीहरुको सूचीमा राखेको छ । उक्त सूचीको उनी चौँथो नम्बरमा छन् । भारतकी सुन्दरी अनुकृति वस पनि सो सूचीमा परेकी छन् । उनी १० नम्बरमा छन् ।
शृङ्खलालाई सुन्दरीका साथसाथै एक समाजसेवीका रुपमा पनि हेरिएको छ । जुन उनका लागि अर्को राम्रो कुरा हो ।
भोट गर्ने तरिकाको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस :
https://www.facebook.com/297574443671301/videos/987618528090952/
प्रतिक्रिया