माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
सारांश
- काठमाडौं, पुस २९ ।
- नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यलय मुख्यसचिव एवंम् सचिवालय सदस्य प्रल्हाद बुढाथोकीका छोरा समिर बुढाथोकीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत जियाजोर, रन्जितपुर, बस्तिपुर, हरिभवन र हरिपुर नगरपालिकाको चिताइनलगायत ठाँउमा करिब ६०० जना विपन्नलाई न्यानो बाँडेका छन् ।
- उनीलगायतको टिम केहि दिनअघि मात्र तराई झरेका थिए ।
काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यलय मुख्यसचिव एवंम् सचिवालय सदस्य प्रल्हाद बुढाथोकीका छोरा समिर बुढाथोकीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत जियाजोर, रन्जितपुर, बस्तिपुर, हरिभवन र हरिपुर नगरपालिकाको चिताइनलगायत ठाँउमा करिब ६०० जना विपन्नलाई न्यानो बाँडेका छन् ।
उनीलगायतको टिम केहि दिनअघि मात्र तराई झरेका थिए । डुम, चमार र मुसहर बस्तीका विपन्नहरुलाई लक्षित गरेर उनीहरुले न्यानो कपडा वितरण गरेका हुन् । उक्त वितरण पस्चात शितलहरले निकै कष्टपूर्ण बनिरहेको उक्त बस्तिका विपन्नहरुले राहत महसुस गरेका छन् ।
आफ्नो दुःखमा साथ दिन आएको भन्दै बालबालिका, महिलाहरु र बृद्धबृदाहरुले खुसी व्यक्त गरेका छन । हरेक बर्ष शितलहरको कारण बढ्ने चिसोले थुप्रैको ज्यान लिने गरेको छ ।
विद्यार्थी नेता समेत रहेका समिर सामाजिक कार्यहरुमा निकै नै रमाउने गरेका छन् । कहिले भूकम्प पीडितहरुलाई विभिन्न ठाँउमा राहत लिएर पुग्छन् त कहिले गरिब असाहायहरुको उपचारमा सहयोग जुटाउँदै आएका छन् ।
लियो क्लब अफ काठमाडौं मार्गदर्शनका पूर्व–अध्यक्ष र समृद्ध फाउन्डेसनका सचिव रहेका उनी विभिन्न रचनात्मक कार्यक्रममार्फत रकम जुटाएर सहयोग गर्ने गरेका छन् ।
आसा लाग्दा युवाहरुबाट समाजले पनि यस्तै अपेक्षा गरेको हुन्छ । 
Navaraj Khatri
बधाई छ कमरेट दिन दुखिलाईकाे सेवामा तन्नमन दिएर काम गर्नु भाकाेमा