देशमा वैकल्पिक शक्तिको आवश्यकता झनै बढ्दै : डा. भट्टराई
सारांश
- काठमाडौँ ।
- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा वैैकल्पिक शक्तिको आवश्यकता बढ्दै गएको बताएका छन् ।
- मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको बताए ।
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा वैैकल्पिक शक्तिको आवश्यकता बढ्दै गएको बताएका छन् ।
मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको बताए ।
पार्टीको प्रदेश नं ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको नवगठित कार्यसमितिका सदस्यलाई बधाई दिँदै उहाँले पत्रकारले देश र समाजका सबै क्षेत्रको निगरानी गर्ने भएकाले सचेततापूर्वक तथ्यपरक सूचना दिन आग्रह गरे ।
देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने उनको दाबी छ । विकास र समृद्धिका लागि नयाँ शक्तिले अङ्गालेको ‘पाँच स’को अवधारणा उपयुक्त भएको स्पष्ट पारे ।
प्रतिक्रिया