दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
सारांश
- मोरङ,असार २४ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टलाई देखेर आफू अचम्मित भएको बताएका छन् ।
- विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसको रिजल्टले चकित बनाएको बताए ।
- आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट ल्याएको उनले बताए ।
मोरङ,असार २४ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टलाई देखेर आफू अचम्मित भएको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसको रिजल्टले चकित बनाएको बताए । आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट ल्याएको उनले बताए ।
एमालेले ल्याएको दोस्रो चरणको निर्वाचनमा धनकुटा बाहेकको जिल्लाको परिणामबाट आफू सन्तुष्ट नभएको बताए । अब तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया